• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शुक्रबार, भदौ २६, २०८३
☰
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

  • १. यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब बाढीपीडितको सहारा

यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब बाढीपीडितको सहारा


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ। देश बाढी र पहिरोको कारुणिक चपेटामा परेर जनजीवन अस्तव्यस्त बनेका बेला विद्यार्थीहरूलाई शिक्षासँगै मानवीय संवेदना र राष्ट्रियता सिकाउने उद्देश्यले “यसपालिको पढाइ, देशका लागि” भन्ने मूल नाराका साथ एक विशेष अभियान सुरु हुने भएको छ। शिक्षक विशाल अधिकारीको पहलमा आगामी भाद्र २१ गतेदेखि हरेक साँझ ९:०० देखि ९:३० बजेसम्म फेसबुक लाइभमार्फत कक्षा ८ र १० का विद्यार्थीहरूका लागि ३० दिने नि:शुल्क गणित कक्षा सञ्चालन हुन लागेको हो।

    Advertisement

    यस अभियानको मुख्य विशेषता भनेको बालबालिकाको सिकाइलाई प्रत्यक्ष रूपमा सामाजिक सेवा र राष्ट्रिय दायित्वसँग जोड्नु हो। अभियानअन्तर्गत बालबालिकाले ३० दिनको अवधिमा जति वटा पृष्ठ (पेज) गणितको अभ्यास गर्छन् (कम्तीमा १०० पेज), सोही अनुसारको रकम अभिभावकहरूले आफ्ना छोराछोरीको पवित्र नामबाट ‘प्रधानमन्त्री विपत् कोष’मा जम्मा गरिदिने व्यवस्था मिलाइएको छ।

    आयोजक विशाल अधिकारीका अनुसार, “यो ३० दिने कक्षा केवल गणितका सूत्रहरू र हिसाब मिलाउने थलो मात्र होइन। हाम्रा बालबालिकाले आफ्नै मिहिनेत र पसिनाको कदर स्वरूप विपत्तिमा परेका देशवासीलाई सहयोग पुर्‍याउने उच्च संस्कार सिकून् र राष्ट्रियताको भावना महसुस गरून् भन्ने हाम्रो चाहना हो।”हाललाई कक्षा ८ र १० को गणित विषयबाट सुरुवात गरिएको यो अभियानलाई आगामी दिनमा बिस्तारै अन्य कक्षाहरूमा पनि विस्तार गरिने र थप विषयहरूलाई समेत जोड्दै लैजाने योजना रहेको छ।

    कठिन परिस्थितिमा पनि बालबालिकालाई शिक्षासँग जोडिराख्न र उनीहरूमा दुखेको मनलाई मलम लगाउने भावना जगाउन यो अभियानले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ। अभियानकर्ता अधिकारीले सम्पूर्ण अभिभावकहरूलाई आफ्ना बाबुनानीको साना हात समातेर साथमा बसिदिन र यो साधनालाई विपत्तिमा देशको बलियो सहारा बनाउन हार्दिक अपिल गर्नुभएको छ।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण
    माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन
    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै

    लोकप्रिय

    • १.
      यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब

    भर्खरै

    • १.
      यसपालिको पढाइ, देशका लागि: बालबालिकाको मिहिनेत अब बाढीपीडितको सहारा

    • २.
      सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण

    • ३.
      माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

    • ४.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • ५.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ६.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ७.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ८.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.