• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन


  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित
  • चितवन : चितवनको जगतपुर–माडी सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे निर्माणलाई गति दिन संघीय सरकारका तीन मन्त्री संयुक्त रूपमा स्थलगत निरीक्षणमा पुग्नु भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन–३ की प्रतिनिधिसभा सदस्य सोबिता गौतम, कृषि तथा वन तथा वातावरणमन्त्री गीता चौधरी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले आइतबार सडकखण्डको अवलोकन गर्दै निर्माण प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

    Advertisement

    निरीक्षणका क्रममा मन्त्री गौतमले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडक निर्माणका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रियालाई अब ढिलाइ गर्न नहुने बताउनुभयो । उहाले निकुञ्जसँग सम्बन्धित काम एक महिनाभित्र अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै स्थानीयवासीको लामो समयदेखिको मागलाई यथाशीघ्र सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मन्त्री गौतमले आगामी करिब छ महिनाभित्र निकुञ्जसँग सम्बन्धित कानुनी जटिलता समाधान गरी सडक निर्माणको काम सुरु गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । उहाका अनुसार माडी जाने मुख्य सडकलाई कालोपत्रे गरी सहज र सुरक्षित यातायात सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको छ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सडक निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक तयारी अघि बढाइने बताउनुभयो भने कृषि तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले निकुञ्ज र वातावरणीय पक्षलाई ध्यानमा राख्दै आवश्यक समन्वयमार्फत निर्माण प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्नुभयो ।

    वर्षौंदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको जगतपुर–माडी सडक निर्माणको विषयमा तीन मन्त्रीको संयुक्त निरीक्षण र स्पष्ट प्रतिबद्धतापछि स्थानीयवासीमा सडक निर्माणले अब गति लिने अपेक्षा बढेको छ।

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण
    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै
    प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    लोकप्रिय

    भर्खरै

    • १.
      सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण

    • २.
      माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

    • ३.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • ४.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ५.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ६.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ७.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ८.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.