• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण


  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित
  • चितवन, ७ चितवन
    भरतपुरका २१ जना सीमान्तकृत तथा विपन्न समुदायका महिलाहरूलाई व्यवसाय प्रबद्र्धन सिप विकास सहित प्रबिधि हस्तान्तरण गरिएको छ।

    Advertisement

    बागमती प्रदेशका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीको सक्रियतामा भरतपुर महानगरपालिका भित्रका २१ जना विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरूलाई सिलाई मेसिन हस्तान्तरण गरिएको हो।

    भरतपुर महानगरपालिका २,४,५,७, ११ र १२ नम्बर वडाको सिफारिसमा वडा भित्रका २१ जना विपन्न तथा सिमान्तकृत समुदायका महिलाहरूलाई सिलाई मेसिन तथा ट्रेलर सञ्चालनका लागि आवश्यक अन्य सामग्री हस्तान्तरण गरिएको छ । बिभिन्न मापदण्डका आधारमा प्रत्येक वडाबाट तीन जना महिलाहरुलाई वडा कार्यालयले छनौैट गरेका महिलाहरूलाई सिलाई मेसिन सहितका सामग्री हस्तान्तरण गरिएको हो।

    साथै उनीहरूलाई डिजिटल माध्यमबाट व्यवसाय प्रवर्धन तथा वित्तीय साक्षरता, व्यवसाय सञ्चालन लगायतका बिषयमा ३ दिने प्रशिक्षण समेत दिईएको थियो ।
    यसअघि वडा प्रदेश तथा महानगरपालिकाबाट सीपमूलक तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका तथा तालिमको प्रमाणपत्र लिएर व्यवसाय सुरु गर्ने तयारीमा रहेका महिलाहरूलाई सामग्री हस्तान्तरण गरिएको हो। समूहमा आबद्ध भएर व्यवसाय सञ्चालन गर्न सक्ने महिलाहरुलाई विशेष ग्राहयता दिई सामग्री उपलब्ध गराइएको हो ।
    प्रविधि हस्तान्तरण कार्यक्रम हाम्रो भरोसा नेपालको आयोजना तथा भरतपुर महानगरपालिका वडा नम्बर ७ को समन्वयमा सम्पन्न गरिएको छ।
    विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरूको व्यवसाय प्रवर्द्धनका लागि आयोजना गरिएको तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि बागमती प्रदेश सांसद तथा पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकारले वितरण गरेको प्रविधिको उच्चतम सदुपयोग गर्दै व्यवसायमा अगाडि बढ्न महिलाहरूलाई अनुरोध गर्नुभयो। प्राप्त प्रविधिको सदुपयोग गरेको नगरेको भन्ने विषयमा अनुगमन आवश्यक गर्ने र वितरण गरिएको प्रविधिको प्रविधिको प्रयोग गरी सञ्चालन गरेको व्यवसायको अनुगमन गरिने समेत उहाँले जानकारी दिनुभयो।

    विपन्न तथा सिमान्तीकृत महिलाहरूको व्यावसायिक विकासका लागि आफूले यस अगाडि पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरेको स्मरण गर्दै पूर्वमन्त्री जोशीले भावी दिनमा पनि आफू महिला र युवाको क्षमता विकास तथा व्यावसायकरणमा लागिपर्ने बताउनुभयो। प्रविधि हस्तान्तरण कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेको विशिष्ट आतिथ्यता तथा कार्यक्रम आयोजक संस्था हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का सदस्य अमृता गौतम, मिनबहादुर गुरुङ र रिता दर्जीको विशेष उपस्थिति रहेको थियो। त्यस्तै भरतपुर महानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका सहायक अधिकृत शोभादेवी ढकाल, शकुन्तला घिमिरे तथा उद्यम विकास सहजकर्ता रत्न पुरीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो। सहभागीहरूलाई डिजिटल सिप विकासका लागि प्रशिक्षक सगुन चपाईले प्रशिक्षण दिनुभएको थियो।

    कार्यक्रममा सहभागी महिलाहरूले सिप सँगसँगै सिप विकास तालिमको आवश्यकता पहिचान गरी तालिम र प्रविधि उपलब्ध गराउनुभएकोमा प्रदेश सांसद उत्तम जोशीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आफू व्यावसायिक हुँदै अन्य महिलाहरूलाई समेत व्यवसायिक यात्रामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन
    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै
    प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    लोकप्रिय

    भर्खरै

    • १.
      सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिप सँगै प्रबिधि हस्तान्तरण

    • २.
      माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

    • ३.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • ४.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ५.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ६.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ७.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ८.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.