• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
सोमबार, मङि्सर १६, २०८२
☰
सोमबार, मङि्सर १६, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

लोकप्रिय समाचार

करार नवीकरण नगरे पीएसजीले एम्बाप्पेलाई बिक्री गर्ने


  •   शनिबार, असार २३, २०८० मा प्रकाशित
  • किलियान एम्बाप्पेले अर्को सिजन फ्रि–ट्रान्सफरमा रियल मड्रिडसँग आबद्ध हुने निर्णय गरिसकेको पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले आशङ्का गरेको छ । एम्बाप्पेलाई पीएसजीले सोमबार पत्र पठाउँदै यो महिनाको अन्त्यमा करार थप नगरे यही ट्रान्सफर विन्डोमा सबैभन्दा ठुलो रकम अफर गर्ने जुनकुनै क्लबलाई बेच्ने चेतावनी दिएको हो । करार थप नगरेको खण्डमा पीएजसीले एम्बाप्पेलाई जतिसक्दो चाँडो, जुनसुकै क्लबमा बेच्ने छ ।

    Advertisement

    स्काई स्पोर्टका अनुसार यो सम्भावित ट्रान्सफरमा भावनाभन्दा पनि रकमले भूमिका खेल्नेछ । यसअघि पीएसजीले रियल मड्रिडसँग कुनै पनि ‘व्यवसाय’ नगर्ने बुझिएको थियो । तर, एम्बाप्पेले करार नवीकरण नगर्ने भए, क्लबले उनलाई जुनसुकै क्लबलाई पनि बेच्ने निर्णयमा पुगेको हो । क्बलले फ्रेन्च स्ट्राइकरका लागि १५ करोड पाउन्ड आसपासको रकम माग गर्ने बुझिएको छ । सोमबारको पत्रमा पीएसजीले एम्बाप्पेलाई उनको करार नवीकरण नगर्ने निर्णयले ठुलो क्षति पुगेको बताएको थियो । क्लबले करार नवीकरण गर्न आग्रह गर्दै ‘उनी र उनको परिवारलाई सहयो गर्ने’ क्लबलाई सहयोग गर्न अपिल गरेको थियो ।

    बुधबार लुइस एनरिकेलाई क्लबको नयाँ म्यानेजरको रूपमा प्रस्तुत गर्दै पीएसजीका अध्यक्ष नासेर अल–खेलाफीले भने, ‘मेरो अडान स्पष्ट छ । म यो कुरा बारम्बार दोहोर्‍याउन चाहन्नँ । यदि किलियान बस्न चाहन्छन् भने उनले नयाँ करार गर्नुपर्छ ।’ ‘हामी विश्वकै उत्कृष्ट खेलाडीलाई सित्तैमा गुमाउन चाहँदैनौँ । हामी यो गर्न सक्दैनौँ,’ उनले भने, ‘उनले पनि म सित्तैमा जाँदिन भनेका थिए । यदि उनले आफ्नो मन परिवर्तन गरे भने यो मेरो गल्ती होइन ।’

    एम्बाप्पेको करार अर्को वर्ष सकिँदैछ जसमा थप एक वर्ष करार थप्ने विकल्प छ । तर, एम्बाप्पेले करार नवीकरण गर्न अस्वीकार गरेका छन् । यसको अर्थ उनी अर्को सिजन फ्रि–ट्रान्सफरमा रियल जाने तयारी गरेका छन् । २४ वर्षीय खेलाडी सन् २०१७–१८ सिजनमा मोनाकोबाट ऋणमा पीएसजी आइपुगेका हुन् । उनले पहिलो सिजन नै २७ खेलमा १३ गोल गरेका थिए । सन् २०१८ मा क्लबले उनलाई अनुबन्ध गरेको थियो । उनले त्यसयता १४९ खेलबाट १३५ गोल गरेका छन् ।एजेन्सी

    शनिबार, असार २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यू–१९ एसिया कपः नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य
    सगरमाथाको अवलोकनमा ब्रायन लारा,पुगे एभरेस्ट बेसक्याम्प
    लुम्बिनीले टस जितेर पहिला बलिङ रोज्यो
    सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो
    २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने, २०३४ मा साउदी अरेबियामा
    एनपीएलमा आज पोखरा र विराटनगर, काठमाडौं र जनकपुर भिड्दै

    लोकप्रिय

    भर्खरै

    • १.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • २.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ३.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ४.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ५.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ६.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ७.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    • ८.
      विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2025 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.