• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शुक्रबार, जेठ १५, २०८३
☰
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

रुकुम पश्चिममा दुई करोड ५० लाखको मह उत्पादन


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • रुकुम पश्चिम । रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो । किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।

    Advertisement

    जिल्लाको बाँफिकोट गाउँपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा मह उत्पादन हुँदै आएको छ । किसानले प्रतिकिलो रु एक हजार दुई सयमा मह बेचेका छन् ।
    मौरीले मह लगाउने याममा वर्षा नभएका कारण मह उत्पादन बढेको प्रमुख केसीले बताउनुभयो ।

    “मौरीले राम्रो चरन पाएका कारण यसवर्ष राम्रो मह उत्पादन भएको हो”, प्रमुख केसीले भन्नुभयो । जिल्लामा उत्पादन भएको मह काठमाडौँ, दाङ, नेपालगञ्जसम्म पनि निर्यात भएको छ । “चिउरीको फुलबाट मौरीले लगाएको मह निकै राम्रो र औषधियगुण भएका कारण पनि रुकुम पश्चिममा उत्पादन भएको महको माग निकै छ, जिल्ला बाहिरबाट महको माग निकै आउने गरेको छ, यस वर्ष जिल्लामा राम्रो मह उत्पादन भएका कारण पनि बाहिरी जिल्लामा किसानले धेरै मह पठाउनुभएको छ”, प्रमुख केसीले भन्नुभयो ।

    जिल्लाको बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा मौरी ब्लक विकास कार्यक्रम मार्फत जिल्ला कृषि विकास कार्यालयले किसानलाई सहयोग गरिरहेको छ । पालिकाहरुमा किसानको आवश्यकताअनुसार सहयोग भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

    जिल्लामा दुई सय किसानले मह उत्पादन गर्ने गरेका छन् । जिल्लामा आधुनिक घार र मुढेघारमा मह उत्पादन हुँदै आएको छ । पछिल्लो वर्ष आधुनिक घारको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ । मह उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि किसान मौरीपालन व्यवसायमा आकर्षित हुँदै आएका छन् ।रासस

    सम्बन्धित विषय: रुकुम पश्चिममा दुई करोड ५० लाखको मह उत्पादन

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
    किन देखिन्छ डरलाग्दो सपना?
    रास्वपा सचिवालयको बैठक बस्दै
    प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास
    सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    लोकप्रिय

    भर्खरै

    • १.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • २.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ३.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ४.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ५.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ६.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    • ७.
      नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    • ८.
      मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.