• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शुक्रबार, जेठ १५, २०८३
☰
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।

    Advertisement

    राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष रु नौ लाखको सुन्तला बिक्री भएको बताए । उनले विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका छन् ।

    अगुवा कृषक पुनले यस वर्ष अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यस वर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले जानकारी दिए । सो गाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाखसम्मको सुन्तला उत्पादन गरेका छन् ।

    यस वर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजकसमेत रहेका खिम पुनले जानकारी दिए । “उत्पादन घटे पनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआँगनमै लाखौँ कमाएका छन्”, उनले भने ।

    राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाडौँ पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा व्यापारीले प्रतिस्पर्धा गर्दा किसानले उचित मूल्यसमेत पाएको बताए । यहाँका सुन्तला यस वर्ष काठमाडौँका व्यापारीले बोटबाट नै खरिद गरेका उनले जानकारी दिए ।

    राखुमा कुलबहादुर गर्बुजा, जशीकला रोका, भीमकुमारी घर्ती, खिरमती राना, थबहादुर पुन, जसबहादुर घर्ती मगरलगायते सात लाखभन्दा बढीको सुन्तला फलाएका छन् भने सुन्तला बिक्री गरेर रु चार लाखभन्दा धेरै कमाउने कृषकको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका राखुका राजेन्द्र रोका र मनबहादुर बुढाथोकीले यस वर्ष नयाँ बिरुवा थपेका छन्। सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताए ।

    हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उहाँको भनाइ रहेको छ । सुन्तला खरिदका लागि ठूला ट्रक लिएर व्यापारी गाउँमा नै आएका छन् । टाढाटाढाबाट आउन थालेपछि सडकसमेत व्यवस्थित बनाइएको छ । अन्नबालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि राखुका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि अहिले बाँझो जमिनसँगै घरआँगनसमेत सुन्तलाको लटरम्मै बोटले पहेलपुर भएको छ । रासस

    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
    इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री
    अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिदैन, सुधारको लागि केही समय लाग्छ : अर्थमन्त्री पौडेल.
    शनिबार भक्तपरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य
    आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य
    भन्सार दर बढेपछि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

    लोकप्रिय

    भर्खरै

    • १.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • २.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ३.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ४.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ५.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ६.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    • ७.
      नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    • ८.
      मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.