• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार


  •   सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । संघिय सांसद डा. सुनिल कुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि विरामी भई उपचार गर्दा काठमाडौं मेडिकल कलेजमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाई दिएका छन् । आज कतार स्थीत नेपाली राजदुताबासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति कतार बीच कतार स्थीत नेपाली राजदुत महामहिम डा. नरेश विक्रम ढकालज्यूको समुपस्थितिमा काठमाडौं मेडिकल कलेजले सम्झौता गरेको हो ।

    Advertisement

    सम्झौता अनुसार अव कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपालीहरु तथा बैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्य गर्दै आएका नेपाली श्रमिकहरु उपचारका लागि के एम सी आँउदा अस्पताल सेवामा ५० प्रतिसत छुट हुने छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सिधै सिनामंगल स्थीत के एम सी उपचारकालागि आउने क्रममा के एम सी को एम्बुलेन्स प्रयोग गरिएमा एम्बुलेन्स शुल्क पनि पाँच सय मात्र गरिएको सांसद शर्माको भनाई छ ।

    “कतार भ्रमणको शिलशिलामा त्यहाँ रहनु भएका गैरआवासीय साथीहरु र कतारमै कार्य गर्दै आउनु भएका नेपाली साथीहरु संगको छलफलमा कतारमा रहेका करिब ३ लाख ६६ हजार नेपाली कामदारहरुको अवस्था, बस्दा रहदा आई पर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यहरुको उपचारलाई सहज बनाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतार संग सहमति गर्ने निर्णय भयो” डा. शर्माले बताए । सम्झौता पत्रमा उल्लेखित सुविधाहरु २०८१ असार मसान्त सम्म कायम रहने छ भने कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवार अर्थात आमा, बुबा, श्रीमान÷श्रीमति, अविवाहित छोरा छोरीलाई समेत के एम सी ले अस्पताल सेवामा १५ प्रतिसत छुट उपलव्ध गराउने छ । यस अन्तर्गत सुविधा लिन आँउदा परिचय पत्र र नाता प्रमाणित हुने कागजात लिएर आउनु पर्ने हुन्छ ।

    उपचार सेवा सम्बन्धी सम्झौता पत्रमा के एम सीको तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) ले हस्पाक्षर गरेका थिए भने गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका थिए । त्यस्तै नेपाली जनसम्पर्क समिति कतार संग भएको सम्झौतामा समितिका सभापति मो. अजिज अलि र महामन्त्री केदार भुषालले हस्ताक्षर गरेका थिए ।

    डा. सुनिल शर्मा कै नेतृत्वमा के एम सी र नोवेल शिक्षण अस्पतालले पूर्वी नेपाल देखि पश्चिम नेपालको दुरदराजका स्थानहरुमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । शिविरमा उपचारको क्रममा रिफर भएका विरामीहरुको के एम सी र नोवेलमा निःशुल्क र सहुलियतमा उपचार हुने व्यवस्था पनि उनले गर्दै आएका छन् भने विभिन्न संघ सस्थाहरु संग सम्झौता भई सहुलियतमा ती संघ सस्थाहरुमा आवद्ध विरामीहरुको सहुलियतमा उपचार पनि हुँदै आएको छ ।

    सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसद डा. सुनिल शर्माको सर्वत्र चर्चा, बेलायत बस्ने त्रिपाठी भन्छन्- ‘अब नेपाल स्वर्ग बन्नेछ’
    चाड पर्व पनि लागेन डा. सुनिल शर्मालाई
    काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर
    चालु आवको फागुनसम्म नेपालमा २ लाखको एचआइभी परीक्षण, १५ सय बढी संक्रमित
    रुकुम पश्चिममा दुई करोड ५० लाखको मह उत्पादन
    पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

    लोकप्रिय

    भर्खरै

    • १.
      पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

    • २.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • ३.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ४.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ५.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ६.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ७.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ८.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.