• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

रात्रिकालील उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ : मन्त्री पाण्डे


  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • सप्तरी । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ । सोमबार राति बुद्ध एयरले काठमाडौं—राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेको हो ।

    Advertisement

    परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु समेत राजविराज पुगेका थिए । रात्रिकालिन उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान शुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे ।

    उनले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताए । पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भएपनि बिस्तारै अन्तर्राष्ट्रिय उडान गर्ने बताए । कुनैपनि विमानस्थलमा सेवा बिस्तार भएसँगै सेवाग्राहीहरु आउने र अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव पर्ने बताए । उनले आन्तरिक विमानस्थलहरुमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रवन्ध गर्न लागिरहेको बताए ।

    उनले भने, ‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो । यो दशौँ एयरपोर्ट बनेको छ । अब राजविराज छायाँमा पर्नेछैन । यो अहिले देखिएको जुन उज्यालो छ । यो उज्यालोले राजविराजलाई पनि उज्यालो बनाउनेछ । यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ । चलायमान बनाउनेछ । पोखरामा अन्तर्राष्ट्रिय उडान हामीले भनेको जस्तो गर्न सकेका छैनौँ ।

    तर दुई लाख पर्यटक बढेर वर्षमा १० लाख पर्यटक पुगेको छ, पोखरामा । कुनैपनि एयरपोर्टमा स्वभाविक रुपमा सेवा बिस्तार भयो भने सेवाग्राहीहरु आउँछन् । यसले अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव रहनेछन् । आन्तरिक एयरपोर्टहरुमा सोझै यात्रा हुने खालका प्रवन्धका लागि हामी लागिरहेका छौँ ।’

    कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्व अझ बढ्ने बताए । उनले राजविराज विमानस्थलले सप्तरीमा सम्भावनाको ढोका खोलेको बताए ।

    रात्रीकालीन उडान तथा अवतरण गर्ने सुविधा थप हुँदा आम नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘देशमा बाढी पहिरोको विपत्ति आइपरेको बेलामा नागरिक उड्डयन प्राधिकरणले आफ्ना विमानस्थलहरुमार्फत दिएको हवाई सेवाको महत्व अझ पनि बढ्ने देखिन्छ । राजविराज विमानस्थलले एउटा सम्भावनाको ढोका खोलेको छ । रात्रीकालीन उडान तथा अवतरण गर्ने सुविधा थप भएको छ । अब रात पर्यो उडान हुँदैन की भन्ने अवस्था आउनेछैन ।’

    कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राजविराजमा रात्रिकालीन उडान शुरु हुनु सप्तरीवासीको लागि गौरवको क्षण भएको बताए । रात्रिकालनि उडानलाई सफल बनाउन सबैले संघर्ष गर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘यो हाम्रो सप्तरीको लागि निकै नै गौरवको क्षण हो । यो दिनलाई सफल बनाउनका लागि संघर्ष गर्नुहुने सम्पूर्ण नेताहरु, अग्रजहरु, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चाहन्छु । हाम्रो सपना आज साकार हुँदैछ । यहाँबाट अझ बढी फ्लाइट कसरी सञ्चालन गर्ने भन्नेकुरामा हामी सप्तरीवासी र छिमेकी जिल्लाका स्थानीयहरुले सोच्नुपर्छ ।’

    अध्यक्ष राउतले राजविराज विमानस्थलबाट थप उडान गर्नका लागि सप्तरीवासीले अझ बढी पहल गर्न आवश्यक रहेको बताए ।

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल
    रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस
    लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश
    संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा
    अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने
    रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    लोकप्रिय

    भर्खरै

    • १.
      पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

    • २.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • ३.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ४.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ५.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ६.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ७.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ८.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.