राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ईदको पावन अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायलगायत सबैमा शुभकामना व्यक्त गरेका छन्।
Advertisement
उनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट मात्र देश अघि बढ्ने उल्लेख गरेका छन्। बालेनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले ईदले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दै सबैमा “ईद मुबारक” व्यक्त गरेका छन्।
यस्तै, बालेन शाहलाई उनका समर्थकहरूले भविष्यका सम्भावित प्रधानमन्त्रीको रूपमा समेत हेर्ने गरेका छन्।

