• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
सोमबार, मङि्सर १६, २०८२
☰
सोमबार, मङि्सर १६, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

लोकप्रिय समाचार

टी—२० विश्वकप छनोट क्रिकेट : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।
    जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा अलआउट हुनुअघि एक सय ४० रनमात्र बनाउन सक्यो । नेपालका ब्याट्सम्यानले ओमानविरुद्ध गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालका लागि बिवेक यादबले सर्वाधिक ३९ रन बनाए । उनले २४ बलको सामना गरी पाँच छक्का हिर्काए । ओपनर कुशल भुर्तेलले २६ रन बनाए । अर्का ओपनर आसिफ शेख पाँच रनमै आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान सोमपाल कामी पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् ।

    Advertisement

    कुशल मल्ल १० रनमै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल पनि १२ रनमै आउट भए । छैठौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोरा १२ रन बनाउँदै आउट भए । गुल्सन झा तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सन्दीप लामिछाने दुई रनमै स्टम्पिङ आउट भए । करण केसीले ११ बलमा एक छक्का र एक चौकाको मद्दतले १५ रन बनाए । ओमानका बलर बिलाल खानले तीन विकेट लिए । सकिल अहमद, महेरान खान र अकिब इलियासले पनि दुई—दुई विकेट हात पारे ।

    समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । बिहीबारको खेलले समूह वितेको टुंगो लगाएको हो । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोलीले अघिल्ला दुई खेलमै पराजय भोगेका थिए । सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ ।

    यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । यूएईले बिहीबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङलाई २२ रनले पराजित गरेको हो । सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वीको टुंगो लाग्न बाँकी छ । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । अर्को सेमिफाइनल खेल समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेताबिच हुनेछ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।

    टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । नेपालले यसअघि एक पटक टी—२० विश्वकप खेलेको छ । जारी छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । नेपालले पहिलो विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी आठ बलमा एक चौकाको मद्दतले पाँच रन बनाउँदै आउट भएका थिए ।

    ओमानका बलर बिलाल खानले आसिफलाई आफ्नो बलमा आफैले क्याच गरेका थिए । दोस्रो विकेटका रुपमा सोमपाल कामी १२ रन बनाउँदै आउट भएका थिए । उनले नौ बलमा एक छक्का र एक चौका हिर्काएका थिए । उनलाई ओमानका बलर सकिल अहमदले कश्यप प्रजापतीद्वारा क्याच गराएका थिए । तेस्रो विकेटका रुपमा कुशल भुर्तेल आउट भए । ओपनर कुशलले १८ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाएका थिए । उनलाई ओमानका बलर मेहरान खानले बोल्ड गरेका थिए । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल १२ बलमा १२ रन बनाउँदै आउट भए । उनलाई ओमानका बलर अकिब इलियासले बोल्ड गरेका थिए । यसैगरी पाँचौँ विकेटका रुपमा कुशल मल्ल १२ बलमा १० रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

    उनलाई ओमानका बलर मेहरान खानले कलिमुल्लाहद्वारा क्याच गराएका थिए । छैठौँ विकेटका रुपमा गुल्सन झा पाँच बलमा तीन रन बनाउँदै आउट भए । उनलाई ओमानका बलर अकिब इलियासले जिसन मक्सुदद्वारा क्याच गराएका थिए ।
    नेपालको सातौँ विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका थिए । उनी १५ बलमा एक छक्काको मद्दतले १२ रन बनाउँदै आउट भएका थिए । उनलाई ओमानका बलर जिसन मक्सुदले नसिम खुसीद्वारा क्याच गराएका थिए ।

    त्यतिबेला नेपालले १४.५ ओभरमा सात विकेट गुमाएर ८२ रन बनाएको थियो । नेपालले आठौँ विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमाएको थियो । छामिछाने दुई रन बनाउँदै आउट भएका थिए । उनी ओमानका बलर सकिल अहमदको बलमा विकेटकिपर अथावालेद्वारा स्टम्पिङ भएका थिए । त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ३२ रनको योगदान गरेका थिए । तल्लो क्रमका ब्याट्सम्यान नसिम खुसीले २५ रन जोडेका थिए ।

    ओपनर प्रतिक अथावलेले पनि २४ रन बनाए । आयान खान १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । ओमानका तल्लो क्रमका ब्याट्सम्यान सकिल अहमदले अविजित २२ रन बनाएका थिए । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । कालिमुल्लाहले पाँच रनमा पेभेलियन फर्किए । उनलाई करण केसीले सोमपाल कामीद्वारा क्याच गराएका थिए । ओमानले अतिरिक्त रुपमा सात रन पाएको थियो । नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिएका थिए । सन्दीप लामिछाने र सोमपाल कामीले दुई—दुई विकेट हात पारेका थिए । गुल्सन झा र अविनाष बोहराले पनि एक—एक विकेट लिएका थिए ।

    सन्दीपले चार ओभरमा ३० रन खर्चिए भने सोमपालले चार ओभरमा १६ रन दिएका थिए । करणले चार ओभरमा ४३ रन खर्चिएका थिए । ओमानको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका थिए । उनले ओमानका ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आठ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले कश्यपलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । कश्यपले पाँच बलको सामना गरी दुई चौका हिर्काएका थिए । पहिलो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाउँदा ओमानले आठ रन बनाएको थियो । ओमानको दोस्रो विकेट सामपाल कामीले लिएका थिए ।

    उनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिब इलियसलाई दुई रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । इलियस आउट हुँदा ओमानले ३.१ ओभरमा २१ रन बनाएको थियो । ओमानको तेस्रो विकेट गुल्सन झाले लिएका थिए । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतिक अथावालेलाई २४ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । गुल्सनले प्रतिकलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । विकेटकिपर ब्याट्सम्यान प्रतिकले १८ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनी ओउट हुँदा ओमानले पाँच ओभर ३७ रन बनाएको थियो । ओमानको चौथो विकेट सोमपाल कामीले लिएका थिए ।

    उनले ओमानका पाँचौँ नम्बरका ब्याट्सम्यान सोएब खानलाई शून्य रनमै बोल्ड गरेका थिए । सोमपालले लिएको यो दोस्रो विकेट थियो । सोएब आउट हुँदा ओमानले ५.४ ओभरमा ३८ रन बनाएको थियो । ओमानको पाँचौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले ओमानका ब्याट्सम्यान आयान खानलाई १८ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सन्दीपले आयानलाई बोल्ड गरेका हुन् । आयानले पेभेलियन फर्किनुअघि २५ बलमा दुई चौका हिर्काएका थिए ।

    ओमानको छैठौँ विकेट पनि सन्दीपले नै लिएका थिए । आयानलाई आउट गराएलगत्तै सन्दीपले अर्को बलमा ओमानका ब्याट्सम्यान मेहरान खानलाई शून्य रनमै एलबीडब्लूको धरापमा पारेका थिए । त्यतिबेला ओमानले १३.२ ओभरमा ८७ रन बनाएको थियो ।ओमानको सातौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले ओमानका अनुभवी ब्याट्सम्यान जिसन मक्सुदलाई ३३ रनको ब्यक्तिग स्कोरमा पेभेलियन फर्काएका थिए ।

    अविनाषले कप्तान सिजनलाई आसिफ शेखद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि जिसनले २६ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काएका थिए । त्यतिबेला ओमानको टोलीले १४.४ ओभरमा एक सय रन बनाएको थियो । ओमानको आठौँ विकेट करण केसीले लिएका थिए । उनले ओमानका ब्याट्सम्यान नसिम खुसीलाई २५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए ।

    करणले नसिमलाई सन्दीप लामिछानेद्वारा क्याच गराए । करणले लिएको यो दोस्रो विकेट थियो । नसिमले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा ओमानले १७.३ ओभरमा एक सय १८ रन बनाएको थियो ।

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस
    लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश
    संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा
    देशलाई भ्रष्टाचार मुक्त बनाउँछु,अनुहार नहेरी अपराध गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री
    यू–१९ एसिया कपः नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य
    सगरमाथाको अवलोकनमा ब्रायन लारा,पुगे एभरेस्ट बेसक्याम्प

    लोकप्रिय

    भर्खरै

    • १.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • २.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ३.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ४.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ५.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ६.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ७.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    • ८.
      विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2025 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.