काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ ।
Advertisement
बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरू सहभागी रहेका छन् ।
बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने कांग्रेसले जनाएको छ ।

