काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छिन् ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उनले यस्तो बताएकी हुन् । उनले चितवनको माडीमा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाइन् ।
उनले देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट नै लाखको योजनाहरु गइरहेकोप्रति उनको असन्तुष्टि थियो । उनले बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्ने बताइन् । उनले निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘एकातिर बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकारको दायित्व हो भने अर्को रोगै लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ । अर्थ मन्त्रालय बजेट बाँडफाँट गर्ने मन्त्रालय हो, तर आज अर्थ मन्त्रालय अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ५७ प्रतिशत बेरुजु भइरहेको छ । यो के भइरहेको छ ? योजना आयोग र वित्त आयोगहरुले सिफारिस गरेको कुरा किन कार्यान्वयन हुन सक्दैनन् । प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको राष्ट्रिय योजना आयोग, संवैधानिक आयोग, प्राकृतिक तथा श्रोत वित्त आयोगको कार्यान्वयन भएको छैन । चितवनको माडीमा ९ वटा वडा छ तर १० औं वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ । १० लाख सिंचाई मन्त्रालय अन्तर्गत भएको छ । ९ किलो सडकका लागि भौतिक मन्त्रालयबाट ५ लाख विनियोजित भएको छ ।’
राष्ट्रिय सभा सदस्य रावलले औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

