• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
सोमबार, मङि्सर १६, २०८२
☰
सोमबार, मङि्सर १६, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

लोकप्रिय समाचार

रविको पाँच जिल्लामा बयान सकियो, फेरि पाँचै जिल्ला घुमाएर मुद्दा दायर गर्ने तयारी


  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • काठमाडौं, मंसिर २७-

    Advertisement

    सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पाँच जिल्लामा बयान सकिएको छ । बयान सकिएपछि उनीमाथि प्रहरीले अभियोजनका लागि गृहकार्य थालेको छ । उनलाई फेरि पाँचै जिल्लामा घुमाएर मुद्दा दायरको तयारी छ ।

    लामिछानेलाई बुधबार पर्सामा बयान पूरा गरी कास्की लगिएको छ । कास्कीमा आगामी साताभित्र मुद्दा दायर गर्ने प्रहरी तयारी छ । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘रायसहितको अनुसन्धान प्रतिवेदन छिट्टै बुझाउने तयारीमा छौँ ।’

    कास्कीमा हदम्याद पनि सकिन लागेकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आरोपीलाई अधिकतम ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । जुन म्याद अब नौ दिन मात्र बाँकी छ । गत ६ असोजमा सो मुद्दाको आरोपीमध्ये एक छविलाल जोशी पक्राउ परेका थिए । सोही दिनदेखि थुनामा राख्ने म्याद सुरु भएको थियो । जसअनुसार ६ पुसभित्र कास्कीमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ ।

    प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने र सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गर्छ । हदम्याद सकिनुभन्दा केही दिनअघि नै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रचलन छ ।

    कास्कीमा थुनछेक आदेश भएपछि लामिछानेलाई रुपन्देही, काठमाडौं, चितवन हुँदै पर्सा लगेर मुद्दा दायर गर्न लागिएको छ । यसअघि ती जिल्लामा लगेर लामिछानेको बयान लिइएको थियो । लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसम्बन्धी अभियोग लगाउने तयारी छ । तर, सम्पत्ति शुद्धीकरणको मुद्दा पाँचै जिल्लामा वा एक जिल्लामा चलाउने भन्नेमा प्रहरी अन्योलमा छ ।

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस
    लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश
    संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा
    अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने
    रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन
    रात्रिकालील उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ : मन्त्री पाण्डे

    लोकप्रिय

    भर्खरै

    • १.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • २.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ३.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ४.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ५.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ६.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ७.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    • ८.
      विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2025 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.