• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
सोमबार, फागुन १८, २०८२
☰
सोमबार, फागुन १८, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

भरतपुर महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि माग्यो आवेदन


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीले आवेदन दिन सक्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

    Advertisement

    महानगरपालिकाको छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधनसहित) को दफा ५ को उपदप ३ (१) बमोजिम १५ दिनभित्र आवेदन दिन सूचना प्रकाशन गरेको छ ।
    आगामी साउन ५ गतेभत्रि आवश्यक कागजातसहित भरतपुर महानगरपालिकाको वेबसाईटमा गई आवेदन भर्ने व्यवस्था मिलाईएको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

    आवेदनका लागि एसइइको ग्रेड सिट, अपाङ्ता भएको विद्यार्थीको हकमा अपाङ्ता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, सहिदका सन्तति, जनआन्दोलनका घाइतेका सन्तति र मधेस आन्दोलनका घाइतेका सन्ततिको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात पेश गर्नुपर्ने छ । त्यसैगरी गरिव तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीले महानगरको वेबसाइटमा राखिएको गरिव तथा विपन्न सिफारिस पेश गर्नुपर्ने छ ।
    गतवर्ष महानगरपालिकाले कक्षा ११ मा पढ्ने २७४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । महानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शिक्षा ऐन तथा भरतपुर महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छनोट गर्ने छ ।

    स्थानीय सरकार अन्तर्गत भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक स्मार्ट विधिबाट छात्रवृत्ति कार्यक्रम लागू गरेर छात्रवृत्ति दिन सुरु गरेको हो । कक्षा ११ र १२ मात्र नभई महानगरपालिकाले सिमान्तकृत, विपन्न, अगाङ्ग तथा दलित विद्यार्थीलाई उच्च शिक्षाको लागि ४ वर्षसम्म छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस
    लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश
    संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा
    अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने
    रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन
    रात्रिकालील उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ : मन्त्री पाण्डे

    लोकप्रिय

    भर्खरै

    • १.
      पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

    • २.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • ३.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ४.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ५.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ६.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ७.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ८.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.