• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
शुक्रबार, जेठ १५, २०८३
☰
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छ : लेखक


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताउनुभएको छ ।
    बिहीवारको प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताउनु भयो ।
    उहाँले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गर्नुभयो ।

    Advertisement

    उहाँले संविधान सफल बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरु संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गर्नुभयो ।
    उहाँले भन्नुभयो, ‘अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन ।

    यदी यो संविधान असफल भयो भने मुलुक एउटा अत्यन्त अनिष्टकारी खतरा, अफ्ठ्यारोमा पुग्न सक्छ । किनभने यो संविधान मुलुकमा धेरै ठूला राजनीतिक संघर्षहरु क्रान्ति, बलिदानहरु ७० वर्ष लामो योगदानबाट प्राप्त भएको हो । यो संविधान पनि असफल हुने स्थिति आयो भने यसले मुलुकलाई राम्रो गर्दैन । यो संविधान सफल गर्नुछ । यो संविधान सफल गर्नका लागि पनि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्छ ।

    यो संविधान र अहिलेको व्यवस्थामा यदाकदा यसका बिरुद्धमा आवाज उठाउने गरिएको छ । प्रायोजित रुपमा उठ्ने गरेको छ । यो व्यवस्थै खराब हो, यो संविधान नै खराब हो । यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् । पुराना राजनीतिक दलहरु बेठिक हुन्, यि अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ । यो देशका लागि खतरा छ । यो संविधान र व्यवस्था असफल भयो भने मैले आग्रह गरेँ ।

    यसले मुलुक ठिक ठाउँमा पुग्दैन । हामी राजनीतिक दलहरु यो संविधानको सुरक्षाका लागि र यो व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी छ । कतिपय प्रायोजित कुरा छन् ।’ प्रमुख सचेतक लेखकले प्रायोजित षड्यन्त्रलाई चिर्न सबै दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
    रास्वपा सचिवालयको बैठक बस्दै
    प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास
    सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए
    नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते
    मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै

    लोकप्रिय

    भर्खरै

    • १.
      आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

    • २.
      वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

    • ३.
      किन देखिन्छ डरलाग्दो सपना?

    • ४.
      रास्वपा सचिवालयको बैठक बस्दै

    • ५.
      प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास

    • ६.
      सुकुम्बासीलाई त्रसित बनाउने वार्डेन मन्त्रालय तानिए

    • ७.
      नवलपरासीको गैँडाकोटमा तीन सवारी एकापसमा ठोक्किए, १२ जना घाइते

    • ८.
      मन्त्रीका लागि पुल्चोक क्वाटर तयार, न्यायाधीशहरू विकल्प खोज्दै

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.