• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
सोमबार, फागुन १८, २०८२
☰
सोमबार, फागुन १८, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

छविसँगै प्रहरी हिरासतमा बसेका ढाकाकुमारले सम्झिए रवि


  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सहकारी ठगी प्रकरणको आरोपमा रास्वपा सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेका पुर्वपार्टनर छवि लाल जोशी र रविकै पार्टीका तत्कालीन समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कास्की प्रहरीले एउटै हिरासतमा राखेको छ । ढाकाकुमारलाई चिकित्सकको प्रस्क्रिप्सनबिनै औषधि पसलबाट मनोद्विपक पदार्थ बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

    Advertisement

    सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बन्जाडे तीन दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जितेन्द्रबाबु राई (जीबी राई) र प्रबन्ध निर्देशक रवि लामिछानेका पार्टनर छविलाललाई प्रहरीले गत आइतबार पक्राउ गरेको थियो ।

    रास्वपाका तत्कालीन समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पनि अहिले कास्की प्रहरीकै हिरासतमा छन् । ढाकाकुमारविरुद्ध प्रहरीले लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतमा म्याद थपेर अनुसन्धान गरिरहेको छ । लागुऔषध मुद्दामा प्रहरीले ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

    प्रहरीले ढाकाकुमार र छविलाललाई सँगै हिरासतमा राखेको छ । हिरासत कक्षका एक प्रहरी जवानका अनुसार छविलालले ढाकाकुमारलाई भन्दै थिए, ‘हुन त तपाईँ रविकै पार्टीबाट पहिला समानुपातिक सांसद बन्नुभएको थियो, पछि पैसाको लेनदेन गरेको आरोप लगाएर तपाईँलाई हटाए । तर, रवि गतिलो मान्छे रहेनछ ।’

    जवाफमा ढकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै गतिलो नभएको बताएका थिए । ढकाकुमारले ‘चेक काट्ने रवि, पक्राउ पर्ने तपाईँ’ भन्दै छविलाललाई प्रश्न गरेका थिए । छविलालले रविलाई पक्राउ गरेर अनुसन्धान नगरी यो मुद्दाको छिनोफानो नै नहुने भन्दै ढाकाकुमारलाई ढुक्क हुन आग्रह गरेका थिए । हिरासतमा ढाकाकुमार र छविवालले धेरै गलफत्ती गरेपछि ठूलो स्वरले नबोल्न प्रहरीले सुझाएका थिए । प्रहरीले ठूलो स्वरमा नबोल्न आग्रह गरेपछि ढाकाकुमारले सोधिहाले– ‘रविलाई कहिले ल्याउनुहुन्छ ? उहाँसँगै हिरासतमा बस्न मन छ ।’ छविलालले आफूविरुद्ध लगाइएको मुद्दा चाँडो टुंगो लगाएर ‘रिलिज’ गराउन प्रहरीसँग आग्रह गर्दै आएका छन् ।

    बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल
    रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस
    लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश
    संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा
    अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने
    रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    लोकप्रिय

    भर्खरै

    • १.
      पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

    • २.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • ३.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ४.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ५.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ६.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ७.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ८.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.