• समाचार
  • राजनीति
  • आर्थिक
  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन / भिडियो
×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • समाचार
    • राजनीति
    • आर्थिक
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन / भिडियो

भर्खरै

पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

आज चार वटा संसदीय समितिको बैठक बस्दै

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

सुनिल शर्माको नोबेल मेडिकल कलेजले नेपाली टीमलाई विश्वकपमा पुगे पन्ध्र लाख फाइनल जिते बीस लाख पुरस्कार दिने

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

लोकप्रिय समाचार

स्काउटसँग जोडेर उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत


  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ, मङ्सिर २७- नेपाल स्काउटले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्कालाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्याम् र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले संयुक्त विज्ञप्ति जारी गरी ऊर्जामन्त्री खड्कालाई स्काउटसँग जोडेर भ्रामक एवं तथ्यहीन समाचार प्रकाशन भइरहेको भनी आपत्ति प्रकट गर्नुभएको हो ।

    Advertisement

    उहाँहरूले पवित्र संस्था स्काउटलाईसमेत मुछेर नियोजित रुपमा झुठा समाचार सम्प्रेषण भएकोमा दुःख व्यक्त गर्दै सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गर्न सम्बन्धित सञ्चार माध्यमसँग अनुरोध गर्नुभएको छ । “ऊर्जामन्त्री खड्का विगत दुई वर्षदेखि खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग सम्बन्धित नरहेको जनाउँदै कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगतको जानकारी प्राप्त हुन आएको छ, तथ्य नबुझिकन समाचार प्रकाशन हुँदा व्यक्तिगत चरित्रमाथि प्रहार भएको छ ।

    ”संयुक्त विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा विगतमा संस्थागत रुपमा नेपाल स्काउट तथा खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच व्यावसायिक विषयमा केही असमझदारी भए पनि पछिल्लो समयमा उक्त असमझदारीलाई पूर्णरुपमा निराकरण गर्ने उद्देश्यले दुवै पक्षका जिम्मेवार प्रतिनिधिबीच निरन्तर भेटघाट, छलफल तथा संवादहरु चलिरहेको र समाधान निकट पुगिसकेको जनाइएको छ ।
    स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौता भएबमोजिम ‘वहाल’वापतको बक्यौता हिसाबकिताब भई निरन्तर रुपमा वक्यौता रकम दाखिला भइरहेको र वक्यौता वापतको बाँकी साँवा रकम आगामी दश दिनभित्र दाखिला गरिसक्ने सम्झौता भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी जिम्मेवार दुई पक्षबीचको आपसी समझदारीमा निराकरण उन्मुख विषयप्रति न्यूनतम जानकारीसमेत नराखी नियोजित रुपमा समाचार प्र्र्र्र्रकाशन तथा प्रसारण गर्नु प्रतिष्ठित सञ्चार माध्यमहरुलाई कदापी शोभनीय नहुने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गरिएको छ । उहाँहरूले सञ्चार माध्यमको विश्वसनियता र निष्पक्षतामाथिसमेत गम्भीर प्रश्न उठ्नसक्ने तथा विश्वासको वातावरण खल्बलिन सक्ने भन्दै मन्त्रीजस्तो सार्वजनिक पदमा रहेका जिम्मेवारी व्यक्तिको चरित्र हत्या गर्ने र स्काउटजस्तो पवित्र संस्थाको प्रतिष्ठा गिराउने गरी प्रायोजित समाचार सम्प्रेषण नगरिदिन सम्बद्ध सञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ । रासस

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस
    लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश
    संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा
    अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने
    रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन
    रात्रिकालील उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ : मन्त्री पाण्डे

    लोकप्रिय

    भर्खरै

    • १.
      पत्रकारितादेखि युट्युबसम्म: किरण पौडेलको यात्रा र ग्रामीण नेपाल

    • २.
      चलचित्र ‘सोल्टिनी’ को पोस्टर सार्वजनिक

    • ३.
      एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    • ४.
      रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

    • ५.
      लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश

    • ६.
      संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

    • ७.
      अदालत पुर्याइका प्रसार्ईंलाई अस्पतालमै राखिने

    • ८.
      रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

    हाम्रो बारेमा

    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.
    www.raftarsanchar.com

    सुचना विभाग दर्ता नम्बर
    ३९१२-२०७९/८०

    हाम्रो टीम

    संचालक
    सगुन चपाई

    सम्पादक
    सिर्जना चापागाई

    संवाददाता
    राम कान्त पौडेल

    सम्पर्क

    कार्यालय रहने स्थान
    भरतपुर-१०,चितवन ,बागमती प्रदेश

    शाखा कार्यालय
    अनामनगर , काठमाडौं

    फोन
    9843136666

    इमेल
    raftarsanchar@gmail.com

    Copyright ©2026 Raftar Sanchar | All rights Reserved.
     Website By :  nwTech.